नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा
काठमाडौँ। नेपाल पुनर्बीमा कम्पनीले आफ्नो सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ। आज (वैशाख १७ गते) बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट ४.७५ प्रतिशत बोनस सेयर दिन निर्णय गरेको हो। साथै बोनस सेयरमा लाग्ने कर तिनको लागि ०.२५ प्रतिशत नगद लाभांश पनि दिने भएका छन्।
प्रस्तावित लाभांश नेपाल सरकार र नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ। हाल कम्पनीको चुक्तापुँजी १२ अर्ब २३ करोड २५ लाख रुपैयाँ रहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment