प्रताप र अन्नुको ‘तिम्रो लागि’मा अनुज र पूजाको रोमान्स (भिडियो)

डिसी नेपाल
१७ वैशाख २०८० १२:५२
612
Shares

काठमाडौँ। लोकप्रिय युवा गायक प्रताप दास र अन्नु चौधरीको सुमधुर स्वरमा सजिएको प्रेमिल शैलीको ‘तिम्रो लागि’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा शब्द दिग्गज धौरालीको रहेको छ भने संगीत चर्चित संगीतकार अर्जुन पोखरेलको रहेको छ। गीतलाई आदेश गुर्माचनले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा नायिका पूजा शर्मा र अनुज गुरुङ बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। बुद्ध थापाले छायाँकन गरेको भिडियोमा बिकाश धमलाको सम्पादन रहेको छ। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।

दिलु गुरुङ निर्मात्री रहेको भिडियोलाई ‘बुढा सुब्बा डिजिटल’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। निर्माण टिमले सबै दर्शक स्रोतालाई भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *