आत्मनिर्भर लघुवित्तको आईपीओ नेप्सेमा सूचिकृत, कति पायो ओपनिङ्ग रेञ्ज ?
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको आइपिओ सूचिकृत भएको छ। कम्पनीको ६ लाख २३ हजार ३८० कित्ता आईपीओ नेप्सेमा सूचिकृत भएको हो।
आइपिओ सूचिकृत भएसंगै सेयर कारोबार गर्नको लागि ओपनिङ्ग रेञ्ज पनि तोकिएको छ। कम्पनीकाे सेयर कारोबारका लागि न्युनतम ३ सय ७१ रुपैयाँ ८२ पैसादेखि अधिकतम १ हजार १ सय १५ रुपैयाँ ८६ पैसासम्मको रेन्ज तोकेको छ। यस अनुसार कम्पनीको पहिलो सेयर कारोबार खुल्नेछ।
यसको सेयर काराेबार गर्नका लागि एएनएलबि (ANLB) संकेत प्रदान गरिएको छ। यस कम्पनीको सेयर कारोबार सोमबारबाट खुला हुनेछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment