एसीसी प्रिमियर कप क्रिकेटको उपाधिका लागि आज नेपाल युएईसँग प्रतिस्पर्धा गर्दै

डिसी नेपाल
१८ वैशाख २०८० ८:२२
828
Shares

काठमाडौं। एसीसी प्रिमियम कपको आज फाइनल खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वबिद्यालयको खेल मैदानमा नेपाल र संयुक्त अरब इमिरेट (युएई) बीच आज फाइनल खेल हुँदैछ।

बिहान ९ बजेबाट सो खेल सुरु हुनेछ। शनिबार भएको खेलमा नेपाल कुबेतलाई पराजित गर्दै फाइनलमा आएको हो भने युएई ओमानलाई पराजित गर्दै फाइनलमा पुगेको हो।

जितको लागि २ सय ८१ रनको विशाल लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाइरहँदा खेल वर्षाको कारण खेल रोकिन पुगेको थियो।

सो खेल रद्द भएपछि समुह बिजेता बन्दै नेपाल फाइनलमा प्रवेश गरेको हो भने डकवर्थ लुईस पद्धतिमा २ रनले ओमानलाई हराउँदै युएई नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो।

आज हुने फाइनल खेलको बिजेता टोलीले भारत र पाकिस्तानलगायतका टिमसँग खेल्न पाउने छन्। यदि, शनिबारको झै पुनः पानी परेको खण्डमा आइसिसीको ओडिआई वरियतामा १४ औं स्थानमा रहेकाे नेपाल र १९ औं स्थानकाे रहेकाे युएई बीचकाे खेल म‌गलबार हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.