अमेरिकी डलरको भाउ स्थिर, युरोकाे भने वृद्धि

डिसी नेपाल
१८ वैशाख २०८० ८:२८
704
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। साेमवार अमेरिकी डलरको भाउ स्थिर रहेको छ।

आइतबार दुइ पैसाले बढेको अमेरिकी डलर सोमबार भने स्थिर रहेको छ। सोमबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रुपैयाँ २३ पैसा कायम गरिएको छ । यसअघि सोमबार पनि सोहि मूल्यमा यसको कारोबार भएको थियो।

नेपाल राष्ट्र बैंकका अनुसार सोमबार युरोपियन युरो ६४ पैसाले वृद्धि भएको छ। सोमबार युरो एकको खरिददर १४३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६४ पैसा कायम गरिएको छ। सोमबार युरो एकको खरिदमूल्य १४३ रुपैयाँ ३४ पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ २० पैसा कायम गरिएको थियो।

सोमबार बेलायती पाउण्ड स्टर्लिङ एक रुपैयाँ ७१ पैसाले बढेको छ। यसको खरिददर १६४ रुपैयाँ २५ पैसा र बिक्रीदर १६५ रुपैयाँ एक पैसा तोकिएको छ। आइतबार यसको खरिदमूल्य १६२ रुपैयाँ ५४ पैसा र बिक्री मूल्य १६३ रुपैयाँ ४६ पैसामा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८६ रुपैयाँ ३२ पैसा र बिक्रीमा ८६ रुपैयाँ ७२ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ३९ पैसा र बिक्रीमा ९६ रुपैयाँ ८३ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९९ पैसा कायम गरिएको छ।

सोमबार युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७४ पैसा, साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९९ पैसा कायम गरिएको छ । यि दुवैको भाउ आज स्थिर रहेको छ। सोमबार मलेसियन रिंगिट पनि स्थिर रहेको छ। यसको खरिददर २९ रुपैयाँ २९ पैसा र बिक्रीदर २९ रुपैयाँ ४२ पैसामा पाइनेछ।

उता, कुवेती दिनार एकको खरिदमा सोमबार ४२६ रुपैयाँ २४ पैसा र बिक्रीमा ४२८ रुपैयाँ २० पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ११ पैसा तोकिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *