इन्जुरी समयको रोमाञ्चक प्रतिस्पर्धाले लिभरपुल बिजयी

डिसी नेपाल
१८ वैशाख २०८० ८:३३
196
Shares

काठमाडौं। इंग्लिस प्रिमियर लिगमा लिभरपुलले आश्चर्यजनक जित दर्ता गरेको छ। लिभरपुलले घरेलु मैदानमा टोटेनहम हटस्परलाई ४–३ को अन्तरले पराजित गर्दै अन्तिम समयमा जीत निकालेको हो।

आइतबार राति एनफिल्डमा भएको खेलको तेस्रो मिनेटमा कर्टिस जोन्सले गोल गरे पछि लिभरपुलले १-० को अग्रता लिन सुरु गरेको थियो। त्यसको दुई मिनेट पछि लुइस डियाजले थप गोल गर्दै लिभरपुलको अग्रता पाँच मिनेटमा नै दोब्बर पारे।

लिभरपुल यसै रोकिने पक्षमा थिएन, मोहम्मद सलाहले पेनाल्टीमा गोल गरेपछि लिभरपुल १५औं मिनेटमा पुग्दा ३–०को अग्रता लिन सफल भयो। तर, खेलको ४०औं मिनेटमा कप्तान ह्यारी केनले गोल गरे पछि टोटनहोमले लिभरपुललाई ३-१ को स्थीतिमा ल्याउन सफल भयो। र, पहिलो हाफ ३-१ को स्थीतिमा टुंगियो।

दोस्रो हाफको ७७औं मिनेटमा टोटनहोमका सनले क्रिष्टियन गोल गर्दै खेललाई ३-२ को स्थितिमा फर्काए। उता, इन्ज्युरी समय तेस्रो मिनेटमा रिचार्लीसनले सनको पासमा गोल गर्दै खेललाई ३-३ को बराबरीमा ल्याइदिए। तर, त्यसको एक मिनेटपछि नै जोटाले गोल गर्दै लिभरपुललाई ४-३ को आश्चर्यजनकजित दिलाए।

यस जितसँगै लिभरपुल ३३ खेलबाट ५६ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ भने पराजित टोटेनहम ३४ खेलबाट ५४ अंक जोडेर छैटौं स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.