तातोपानीलगायत उत्तरी चीनका नाकाहरु आजदेखि खुला हुने

डिसी नेपाल
१८ वैशाख २०८० ९:५१
248
Shares

काठमाडौँ। लामो समयदेखि बन्द रहेका चीनतर्फका उत्तरी नाका आजदेखि खुला हुने भएका छन्। भूकम्पका कारण बन्द भएको मुख्यतः सिन्धुपाल्चोकको तातोपानी नाकासहित अन्य चिनियाँ नाकाहरु पनि सोमबारदेखि खुला हुने भएको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार गत चैतमा चीनसँग भएको छलफलको परिणामस्वरुप १८ वैशाखदेखि चीनतर्फका सबै नाका खुल्न लागेका हुन्। मन्त्रालय सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच नाका खोल्ने बारेमा सहमति भएको थियो।

जसअनुसार मुस्ताङको कोरला, मुगुको न्यांचे, दार्चुलाको व्यास, गोरखाको चुम्नी संखुवासभाको किमाथांका, ताप्लेजुङको ओलाङचुंगोला र डोल्पाको उत्तरी नाकालगायत आजबाट खुल्नेछन्।

चीनतर्फका नाका मध्ये मुख्यत: सिन्धुपाल्चोकको तातोपानी नाका भुकम्पका कारण बन्द भएको थियो भने रसुवाको केरुङ नाका कोभिड–१९ को महामारीपछि पुर्ण रुपमा सुचारु हुन सकेका थिएनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *