नेपाल हावी भएको फाइनल खेल वर्षाले रोकियो !

डिसी नेपाल
१८ वैशाख २०८० १०:२८
6.0k
Shares

काठमाडौं। एसीसी प्रिमियर कपको जारी फाइनल खेल वर्षाले अवरुद्ध भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको युएइले १६ ओभरमा ५ विकेटको क्षतिमा ६० रन बनाउँदा पानी परेपछि खेल रोकिएको हो ।

आजको खेलमा बलिङमा नेपाल हावी छ र आक्रमक रुपमा उत्रिएको छ र ५ विकेट लिएको छ । पाँचौं विकेटको रूपमा सन्दिप लामिछानेले रोहन मुस्तफालाई आउट गरेका हुन् । यसअघि नेपालका लागि करन केसीले दुई तथा सोमपाल कामी र ललित राजवंशीले एक-एक विकेट लिएका थिए। यससँगै यूएईले ५१ रनमा ५ विकेट गुमाइसकेको छ।

कुवेतलाई पछि पार्दै नेपाल फाइनलमा आइपुगेको हो भने ओमानलाई हराएर यूएई नेपालसँग भिड्न आइपुगेको हो। नेपाल हालसम्म ११ वटा खेलसम्म अपराजित रहेको छ। आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *