सुनको मूल्य घट्यो, चाँदी स्थिर
काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम भएको छ।
आइतबार प्रति तोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।
यता, चाँदी प्रति तोला १ हजार ४ सय १५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य स्थिर रहेर आइतबार कै मूल्यमा कारोबार भइरहेको हो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment