वर्षाले अवरुद्ध भएको नेपाल र युएइको फाइनल खेल वर्षा रोकिएपछि सुचारू
काठमाडौं। वर्षाले अवरुद्ध भएको एसीसी प्रिमियर कपको जारी फाइनल खेल वर्षा रोकिएपछि फेरि सुचारू भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको युएइले १६ ओभरमा ५ विकेटको क्षतिमा ६० रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो ।
वर्षाले खेल धेरै समय रोकिएन । त्यसैले खेलमा ओभर घटाइएको छैन ।
आजको खेलमा बलिङमा नेपाल हावी छ र आक्रमक रुपमा उत्रिएको छ र ५ विकेट लिएको छ । पाँचौं विकेटको रूपमा सन्दिप लामिछानेले रोहन मुस्तफालाई आउट गरेका हुन् । यसअघि नेपालका लागि करन केसीले दुई तथा सोमपाल कामी र ललित राजवंशीले एक-एक विकेट लिएका थिए। यससँगै यूएईले ५१ रनमा ५ विकेट गुमाइसकेको छ।
कुवेतलाई पछि पार्दै नेपाल फाइनलमा आइपुगेको हो भने ओमानलाई हराएर यूएई नेपालसँग भिड्न आइपुगेको हो। नेपाल हालसम्म ११ वटा खेलसम्म अपराजित रहेको छ। आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ।







डिसी नेपाल








Facebook Comment