सन्दीप लामिछानेले लिए युएइको सातौं विकेट

डिसी नेपाल
१८ वैशाख २०८० ११:३७
3.2k
Shares

काठमाडौं। एसीसी प्रिमियर कपको जारी फाइनल खेलमा युएइले सातौं विकेट गुमाएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको युएइले २५.४ ओभरमा १०३ रन बनाउँदा छैटौं विकेट गुमाएको हो । सन्दीप लामिचानेले अयान अफजल खानलाई आउट गरेका हुन् ।

आजको खेलमा बलिङमा नेपाल हावी छ र आक्रमक रुपमा उत्रिएको छ र ६ विकेट लिएको छ । नेपालका लागि लामिछाने र करण केसीले दुई तथा सोमपाल कामी, हुलशन झा र ललित राजवंशीले एक-एक विकेट लिएका छन् । यससँगै यूएईले १०३ रनमा ७ विकेट गुमाइसकेको छ।

कुवेतलाई पछि पार्दै नेपाल फाइनलमा आइपुगेको हो भने ओमानलाई हराएर यूएई नेपालसँग भिड्न आइपुगेको हो। नेपाल हालसम्म ११ वटा खेलसम्म अपराजित रहेको छ। आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *