तस्वीरमा हेर्नुहोस् उत्साहित फ्यानले खचाखच कीर्तिपुर मैदानमा फाइनलको रोमान्च

डिसी नेपाल
१८ वैशाख २०८० १२:१३
1.8k
Shares

काठमाडौं। एसीसी प्रिमियर कपको जारी फाइनल खेलमा अहिलेसम्म नेपाल हावी छ। यो फाइनल जितेमा नेपाल भारत र पाकिस्तानजस्ता देशहरूसँग एसिया कप खेल्न जान पाउनेछ। त्यसैले आज कीर्तिपुर मैदानमा उत्साहित फ्यानहरू खचाखच भरिएका छन्।

अहिले खेल पानी परेपछि रोकिएको छ। खेल रोकिँदासम्म युएइले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको छ। फाइनल खेलको लागि भोलि रिजर्भ डे राखिएको छ। त्यसैले आज खेल हुन नसकेमा बाँकी केल भोलि यही मैदानमा खेल हुनेछ।

आजको खेलमा बलिङमा नेपाल हावी छ र आक्रमक रुपमा उत्रिएको छ र ९ विकेट लिएको छ। नेपालका लागि ललित राजवंशिले ३ विकेट लिए। उनले खेल रोकिनु ठिक अघि आसिफ खान र जहुर खानलाई आउट गराए। सन्दीप लामिछाने र करण केसीले दुई तथा सोमपाल कामी र गुलशन झाले एक-एक विकेट लिएका छन्।

कुवेतलाई पछि पार्दै नेपाल फाइनलमा आइपुगेको हो भने ओमानलाई हराएर यूएई नेपालसँग भिड्न आइपुगेको हो। नेपाल हालसम्म ११ वटा खेलसम्म अपराजित रहेको छ। आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ। हेर्नुहोस् आजका खेलका केही तस्वीरहरू –

सबै तस्वीर : नेपाल क्रिकेट संघ (क्यान)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.