कुमारी बैंकले संस्थापक सेयर लिलामी बिक्री गर्दै
काठमाडौँ। कुमारी बैंकले मंगलबार आफ्नो संस्थापक सेयर लिलामी बिक्री खुला गर्ने भएको छ। बैंकले १४ लाख ९० हजार कित्ता संस्थापक सेयर लिलामी गर्नेछ।
लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्। बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले यस लिलामी सेयरमा आवेदन दिन सक्नेछन्। यसमा न्यूनतम ११९ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।
यसमा जेठ २३ गतेसम्म आवेदन दिन मिल्नेछ। बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ। यसमा कमलादी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्ने हुन्छ। लिलामी सेयरको आवेदन जेठ २५ गते बिहान ११ बजे खोलिनेछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment