लघुवित्तले लिने सेवा शुल्कमा राष्ट्र बैंकले तोक्यो सिमा
काठमाडौँ। नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुले लिने सेवा शुल्कमा सिमा तोकेको छ। अब लघुवित्त वित्तीय संस्थाहरुले बचत तथा निक्षेप खाता सञ्चालन गरेबापत कुनै पनि किसिमको शुल्न लिन नपाउने भएका छन्। राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो।
केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै बचत/निक्षेप खाता सञ्चालन गरेबापत लघुवित्त वित्तीय संस्थाहरुले कुनै पनि किसिमको शुल्क लिन नपाइने व्यवस्था गरिएको जनाएको हो ।
साथै, लघुवित्त वित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्दा १.५ प्रतिशतसम्म मात्र सेवा शुल्क लिन पाउने भएको छ। भने, एक वर्षभन्दा कम अवधिको कर्जा प्रवाह गरेमा वार्षिक १.५ प्रतिशतमा नबढ्ने गरी कर्जा अवधिका आधारमा दामासाहीले मात्र सेवा शुल्क लिन पाउने राष्ट्र बैंकले जनाएको छ।
लघुवित्त वित्तीय संस्थाले यसबाहेक अन्य कुनै शुल्क मागेमा वा लिएमा सम्बन्धित संस्थाको गुनासो सुन्ने अधिकारीसमक्ष गुनासो दर्ता गर्न राष्ट्र बैंकले आग्रह गरेको छ। उक्त संस्थाबाट गुनासो सुनुवाइ नभएमा राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो गर्दा गर्न सकिने व्यवस्था गरिएको छ।








डिसी नेपाल







Facebook Comment