माई खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड

डिसी नेपाल
१९ वैशाख २०८० ११:५२
624
Shares

काठमाडौँ। माई खोला हाइड्रोपावरको आईपीओ आज (वैशाख १९ गते ,मंगलबार) बाँडफाँड भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज बिहान ९ः३० बजे आइपिओ बाँडफाँड भएको हो।

कम्पनीको उक्त आइपिओमा १२ लाख ७५ हजार १०५ जनाले कुल १ करोड ३७ लाख २० हजार ८२० कित्ताको लागि आवेदन परेको थियो। त्यसमा १२ लाख ६७ हजार २८५ आवेदकबाट परेको १ करोड ३६ लाख ११ हजार ३०० कित्तामात्रै सदर भएको छ भने ७ हजार ८२० आवेदकबाट परेको १ लाख ९ हजार ५२० कित्ता बदर भएको छ।

यो आईपीओ गोलाप्रथामार्फत बाँडफाँट भएको छ। जसमा १ लाख २६ हजार ९४१ जनाले मात्र सेयर पाएका छन्। तिनै भाग्यमानी आवेदनमध्ये १ जनाले थप १ कित्ता सेयर पाएका छन्।

कम्पनीले वैशाख ८ गतेदेखि वैशाख १२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले जारी पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० को ३९ प्रतिशत अर्थात १५ करोड २९ लाख ४१ हजार १०० रुपैयाँ बराबरको रु. १०० अंकित दरको कुल १५ लाख २९ हजार ४११ कित्ता सेयर निष्कासन गरेको थियो।

कुल कित्तामध्ये ७६ हजार ४७१ कित्ता सामूहिक लगानी कोषका लागि र ३० हजार ५८८ कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको १२ लाख ६९ हजार ४११ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो।

यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक र धितोपत्र निष्कासनकर्ता कम्पनीको वेबसाइट तथा सीडीएससीको iporesult.cdsc.com.np मा गएर हेर्न सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *