गुलशन झाको अर्धशतक

डिसी नेपाल
१९ वैशाख २०८० ११:३४
2.5k
Shares

काठमाडौं । एसीसी मेन्स प्रिमियर कपमा नेपाली ब्याटर गुलशन झाले अर्धशतक बनाएका छन् । गुलशनले ७५ बलमा अर्धशतक पूरा गरेका हुन् । यस क्रममा उनले ३ चौका र ४ छक्का प्रहार गरे ।

नेपालका सुरुवाती ३ ब्याटर सस्तैमा आउट भएर नेपाल दबाबमा परेको बेला गुलशनले इनिङ सम्हाल्दै अर्धशतक बनाएका हुन् । उनलाई भिम सार्कीले साथ दिइरहेका छन् । नेपालले २२ रनको स्कोरमा ३ विकेट गुमाइसकेको दबाबपूर्ण अवस्थामा गुलशन र भिमले इनिङलाई सम्हालिएर अगाडि बढाइरहेका छन् ।

गुलशनले अर्धशतक पूरा गर्दा नेपालको इनिङको २८ औं ओभर चलिरहेको छ र नेपाल ३ विकेटको क्षतिमा ९६ रन बनाएर खेलिरहेको छ । जुनसुकै समयमा पानी पर्न सक्ने जोखिमका बीच भइरहेको यो खेलमा वर्षाले पनि नेपालको जितलाई रोक्न कठिन छ ।

२० ओभरको खेल भइसकेकोले अब वर्षाले खेल रोकिएमा डिएलएस विधि प्रयोग गरिनेछ र नेपाल डिएलएस विधिबाट जित्न आवश्यक स्कोरभन्दा धेरै अगाडि पुगिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.