मिसेस युनिभर्समा सन्नीलाई लोयल अवार्ड

डिसी नेपाल
१९ वैशाख २०८० १३:४०
280
Shares

काठमाडौँ। बेलायतमा बस्दै आएकी ‘मिसेस नेपाल युनिभर्स’ सन्नी शाहीले बुल्गेरियामा सम्पन्न ‘मिसेस युनिभर्स २०२२’मा ‘मिसेस युनिभर्स लोयल २०२२’को उपाधि जितेकी छन्।

विवाहित महिलाहरुको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी उनले यो उपाधि जितेकी हुन्। ४० औं संस्करणको ‘मिसेस युनिभर्स २०२२’ मा १ सय २० देशका महिलाहरु प्रतिष्पर्धी थिए।

बेलायतबाटै उनले ‘मिसेस युनिभर्स २०२२’ सहभागिता जनाएकी थिइन्। हाल काठमाडौंमा रहेकी सन्नीलाई नेपाल राष्ट्रिय खड्गी समाज, भमुलु अजिमा परिवार, शिवम बाँसुरी खलले सम्मान गरेको छ।

लन्डन फेशन होमले आयोजना गरेको मिसेस नेपाल युनिभर्समा  १७ जनालाई उछिनेर सन्नीले शिर्ष उपाधि जितेकी थिईन्। काठमाडौँको असनमा जन्मिएकी उनी ब्युटी एक्सपर्ट पनि हुन्। उनको लन्डनमा व्युटी सम्बन्धि व्यवसाय छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *