रमेश र एलिनाको ‘ए धोकेबाज’ रिलिज (भिडियो)
काठमाडौँ। पछिल्लो समयको अत्याधिक लोकप्रिय गीत ‘धोकेबाज हौ तिमी ‘की गायिका एलिना चौहानको स्वरमा नयाँ गीत ‘ए धोकेबाज’ सार्वजनिक भएको छ।
लामो समयदेखि अमेरिका रहेर नेपाली गीत, संगीत र साहित्यमा सक्रिय गीतकार रमेश लुइँटेलको शब्दरचना रहेको गीत ‘ए धोकेबाज’ मा नविन कार्कीको संगीत र बिशाल निरौलाको एरेन्ज रहेको छ।
मायाप्रेम र बिछोडलाइ बेजोड रुपमा देखाइएक गीतको भिडियोमा समीप निरौला , निक्स शर्मा र आभा शर्मा लगायतको अभिनय रहेको छ। युवा निर्देशक प्रहिल कार्कीले गीतको भाव अनुसार भिडियोलाई शसक्त रुपमा प्रस्तुत गरेका छन उत्तम हुमागाईको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहेको भिडियोलाइ नेपाली मेलोडिज (Nepali Melodies) च्यानल मार्फत सार्वजनिक गरिएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment