अविबाहित प्रेमिकाबाट अर्जुन रामपाललाई दोस्रो सन्तान प्राप्त हुँदै

डिसी नेपाल
२० वैशाख २०८० ७:५५
6.3k
Shares

मुम्बई। कलाकार अर्जुन रामपाल बलिउड फिल्म उद्योगका एक चर्चित कलाकार हुन्। उनी आफनो अभिनयका साथै ब्यक्तिगत जीवनका कारण पनि बेला बेलामा चर्चामा छाइरहन्छन्। ५० वर्षीय रामपाल पछिल्लो दिनमा गैब्रिएला डेमोट्रियडससँग लिभ इन रिलेशनसिपमा रहँदै आएका छन्।

यसैबीच उनले एउटा खुसीको खबर बाहिर ल्याएका छन्। चाँँडै नै गैब्रिएला पुनः आमा बन्दैछिन् र अर्जुनका लागि दोस्रो बच्चा जन्माउँदै छिन्। गैब्रिएला आफैले यसको जानकारी फ्यानहरुलाई दिएकी हुन्।

उनले इन्स्ट्रागाममा दुईवटा तस्विर सार्वजनिक गर्दै भनेकी छिन्, ‘रियलिटी या आर्टिफिसियल इंटीलिजेन। इन्स्टाग्राम सार्वजनिक तस्विरमा उनी बेबी बम्प गरिरहेको देखिन्छ। उनी आफनो गर्भ रहेको पेटमा हाथ राखेर क्यामेरा अगाडी पोज दिइरहेकी छिन्। यसरी क्यामेरा अगाडी उनी झन सुन्दर देखिएकी छिन्।

अर्जुन रामपाल र गैब्रिएलाको आइपीयलको एउटा पार्टीमा भेट भएको थियो। उनीहरु विस्तारै नजिकिँदै जादा प्रेममा फस्न पुगे। तर, अहिलेसम्म उनीहरु बीच औपचारिक रुपमा बिबाह भने भएको छैन। यसअघि नै उनीहरुको एउटा बच्चा भने जन्माइसकेका छन्। सन २०१९ मा छोरा अरिकलाई पहिलो सन्तानको रुपमा प्राप्त गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *