रविलाई प्रधानमन्त्री बनाउन ओलीको प्रस्ताव

डिसी नेपाल
२० वैशाख २०८० ८:२५

काठमाडौं। आमनिर्वाचन भएको ६ महिना नबित्दै फेरि सरकार फेरबदलको खेल सुरु भएको छ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ‘प्रधानमन्त्री’को अफर गरेका छन्।

एमाले, रास्वपा, जसपा, जनमतसहितका दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत ११ पुसमा प्रधानमन्त्रीको शपथ लिएका थिए । तर, अहिले एमालेसँगको सहकार्य तोडेर प्रचण्ड नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी)सहितका दलसँग नयाँ गठबन्धन गरेपछि एमाले संघीय र प्रदेश सरकारबाट बाहिरिएको छ ।

सरकारबाट बाहिरिएपछि एमालेले नयाँ गठबन्धन बनाएर प्रचण्ड नेतृत्वको सरकार जसरी पनि ढाल्ने खेलमा लागेको छ । सोही क्रममा एमाले अध्यक्ष ओलीले रास्वपा सभापति लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका हुन्।

एमालेबाट प्रधानमन्त्रीको प्रस्ताव आएपछि रास्वपा अध्यक्ष लामिछाने मंगलबार जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग छलफल गरेका छन् । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको जनमत सरकारसँग असन्तुष्ट छ । एमाले, रास्वपा, जनमत, जसपासहितका दलसँग मिलेर नयाँ गठबन्धन बनाउने र सरकारको नेतृत्व गर्ने’bout लामिछाने छलफल अगाडि बढाएका हुन् ।

रास्वपा उपाध्यक्ष डोलप्रसाद अर्यालले एमालेबाट आएको प्रस्तावअनुसार अन्य दलसँग छलफल भइरहेको बताए । अहिले नै अन्तिम निष्कर्षमा पुगिनसकेको बताउँदै उनले थप निर्णय पार्टीको बैठकबाट नै हुने बताए ।

‘राजनीति सम्भावनाको खेल हो जे पनि हुन सक्छ । तर, एमालेले गरेको प्रस्ताव कतिको विश्वास गर्न सकिन्छ हेरौं न । छलफल भइरहेको छ, अन्तिम निर्णय त पार्टी केन्द्रीय समितिले गरेअनुसार नै हुने हो,’ अर्यालले  भने ।

रास्वपा सभापति लामिछानेले जनमत पार्टीका अध्यक्ष डा. राउतसँग भेटिसकेपछि अब जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेटने प्रयासमा छन् । तर, उनीहरूबीच भेटघाटको समयतालिका मिलिसकेको छैन ।

जनमत पार्टीका नेता बीपी साहले दुई नेताबीच पछिल्लो राजनीतिक अवस्था, सरकारलगायतका विषयमा छलफल भएको बताए । जनमत पार्टी प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने कि नहुने, दिएको समर्थन फिर्ता लिने कि के गर्ने ? लगायतका विषयमा छलफल भएको साहले बताए ।

‘पछिल्लो राजनीतिक अवस्था, सरकार गठनलगायत विषयमा छलफल भएको छ । प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने कि नहुने ? सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिनेलगायतका विषयमा छलफल भयो,’ जनमतका नेता साहले भने ।

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको प्रस्ताव गरेपछि समर्थन जुटाउने दौडमा रास्वपा सभापति लामिछाने लागेका हुन् । तर, एमाले उपमहासचिव एवं प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आफूलाई यस’  बढी कुरा थाहा नभएको बताए । ‘अहिले म बाहिर छु, यस’ मलाई बढी कुरा थाहा भएन,’ प्रवक्ता गुरुङले भने।

प्रचण्ड नेतृत्वको सरकारमा यसअघि रास्वपा सहभागी थियो । रास्वपा सभापति उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको जिम्मेवारीमा थिए । तर, नागरिकता विषयमा सर्वोच्चको निर्णयपछि उनको सांसद पद निलम्बनमा परेको थियो । १० वैशाखको उपनिर्वाचनबाट लामिछाने फेरि सांसद निर्वाचित भएर पार्टीको संसदीय दलको नेता चयन भइसकेका छन् ।

प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिएको रास्वपाले सरकारमा सहभागी हुने कि नहुने भन्ने’bout अहिले पार्टीभित्र आन्तरिक छलफल गरिरहेको छ । यसअघि पाएका मन्त्रालय पाउने, सरकारको न्यूनतम साझा कार्यक्रम पुनर्लेखन भए सरकारमा सहभागि हुने रास्वपाको अडान छ । रास्वपाको अडानमा प्रधानमन्त्री प्रचण्डसमेत सहमत छन् ।

आउँदो शुक्रबार बस्ने रास्वपाको केन्द्रीय कमिटी बैठकबाट प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने कि नहुने, समर्थन फिर्ता लिने कि नलिने भन्ने निर्णय हुँदै छ । यसबीचमा प्रधानमन्त्री प्रचण्ड र रास्वपा सभापति लामिछानेबीच छलफलसमेत भएको छ ।

गत सोमबार काठमाडौंमा बसेको रास्वपा केन्द्रीय समिति बैठकमा पार्टी सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्ड आफूहरूले राखेको मागमा सहमत भएको ब्रिफ्रिङ गरेका थिए ।

१० पुसमा भएको एमालेसहितको गठबन्धनमा रास्वपाले उपप्रधानमन्त्री तथा गृह मन्त्रालय, श्रम र शिक्षा मन्त्रालय पाएको थियो । स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्री पाएको थियो । उपप्रधान तथा गृहमन्त्री बनेर सभापति लामिछाने मन्त्रिपरिषद्मा सहभागी थिए ।

नागरिकतालाई लिएर सांसदको अयोग्यतासम्बन्धी मुद्दामा सर्वोच्चले गत १३ माघमा फैसला गरेपछि लामिछाने गृहमन्त्रीबाट बाहिरिएका थिए । रास्वपाका अन्य सांसदले २२ माघमा राजीनामा बुझाएर बाहिरिएका थिए । राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *