क्रिकेट खेलाडीलाई जनही ६ लाख र अफिसियललाई ३ लाख पुरस्कार दिने सरकारको निर्णय

डिसी नेपाल
२० वैशाख २०८० १३:१५
448
Shares

काठमाडौं । एसीसी प्रिमियर कप विजेता क्रिकेट टोलीका प्रत्येक खेलाडिलाई सरकारले ६ लाख रूपैयाँ पुरस्कार दिने भएको छ।

यससँगै टिमका अफिसियलले पनि जनही ३ लाख रूपैयाँ पुरस्कार पाउनेछन्। आज बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो

सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दिएको जानकारी अनुसार सरकारले क्रिकेट रंगशालालाई पनि अन्तर्राष्ट्रिय स्तरको बनाउने निर्णय गरेको छ ।

यसका लागि आवश्यक रकमको व्यवस्था आगामी आर्थिक वर्षको बजेटमा गर्ने निर्णय गरिएको छ । मंगलबार भएको फाइनलमा यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप विजेता बनेर एसिया कप क्रिकेटमा छनोट भएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *