सेयर बजार ९.१८ अंकले घट्यो, ६२ करोडमाथिको कारोबार
काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार घटेको छ। बुधबार नेप्से परिसूचक ९.१८ अंकले घटेर १८५७.२३ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.१९ अंकले घटेर ३५५.८३ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६५ कम्पनीको २१ लाख ५५ हजार ५८६ कित्ता सेयर खरिद बिक्री हुँदा ६२ करोड २ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्टको अग्रिम स्थानमा छ। यसको आज ३ करोडभन्दा बढीको कारोबार भएको छ। त्यस्तै क्रमश : हिमालयन डिस्टिलरी र हिमाल दोलखा हाइड्रोपावरको कारोबार भएको छ।
बुधबारको कारोबारमा १३ वटै उपसूचकमध्ये २ उपसूचक बढेको छ भने बाँकी सबै उपसूचक घटेको छ। आजको कारोबारमा आत्मनिर्भर लघुवित्त र श्वेत गंगा हाइड्रोपावरका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, एनआईबिएल ग्रोथ फण्ड र सनराइज ब्लु चिप फन्डका लगानीकर्ताले अत्याधिक गुमाएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment