अमेरिकी डलरको भाउ घट्दा युराेकाे भने उकालाे
काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
अमेरिकी डलरको भाउ बुधबार १० पैसाले घटेको छ। अघिल्लो दिन अर्थात बुधबार डलर ९ पैसाले बढेको थियो। बिहीबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६२ पैसा र बिक्रीदर १३१ रुपैयाँ २२ पैसा कायम गरिएको छ। यसअघि बुधबार यसको खरिदमूल्य १३० रुपैयाँ ७२ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ३२ पैसामा कारोबार भएको थियो।
नेपाल राष्ट्र बैंकका अनुसार बिहिबार युरोपियन युरो ७० पैसाले बढेको छ। बुधबार भने ४१ पैसाले युरोको भाउ घटेको थियो। बिहिबार युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ १० पैसा र बिक्रीदर १४४ रुपैयाँ ७६ पैसा कायम गरिएको छ। बुधबार युरो एकको खरिदमूल्य १४३ रुपैयाँ ४० पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ ६ पैसा कायम गरिएको थियो।
बिहीबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६३ रुपैयाँ ३५ पैसा र बिक्रीदर १६४ रुपैयाँ १० पैसा तोकिएको छ।
त्यसैगरी, बिहीबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ ६ पैसा र बिक्रीमा ८७ रुपैयाँ ४६ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ८५ पैसा र बिक्रीमा ९६ रुपैयाँ २९ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९१ पैसा कायम गरिएको छ।
यता, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७४ पैसा, साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९९ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ३३ पैसा र बिक्रीदर २९ रुपैयाँ ४७ पैसा कायम गरिएको छ।
उता, कुवेती दिनार एकको खरिदमा बिहीबार ४२६ रुपैयाँ ४२ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ३८ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३४८ रुपैयाँ २ पैसा तोकिएको छ।







डिसी नेपाल







Facebook Comment