ब्रोकर लाइसेन्सका लागि थप १३ कम्पनीलाई दिइयो आशयपत्र
काठमाडौँ। नेपाल धितोपत्र बोर्डले थप १३ कम्पनीलाई आशयपत्र दिएको छ। बोर्डको बुधबार बसेको सञ्चालक समितिको बैठकले थप १३ वटा कपनीलाई आशय पत्र दिने निर्णय गरेको हो।
योसंगै एलओआई पाउने ब्रोकर कम्पनीको संख्या २९ पुगेको छ। यसअघि बोर्डले १६ वटा कम्पनीलाई एलओआई दिइसकेको छ।
हाल आशयपत्र पाउनेमा सनराइज सेक्युरिटिज, जेबीएनएल सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज, स्टकस्कार्टस् सेक्युरिटिज, प्रोपर्टी विजार्ड रहेका छन् ।
यस्तै, क्यापिटल हब, मिल्की वे सेयर ब्रोकर, ब्लुचिप सेक्युरिटिज, गरिमा सेक्युरिटिज, कलश स्टक मार्केट, मनी वर्ल्ड सेयर एक्सचेन्ज, शुभकामना सेक्युरिटज र मियो सेक्युरिटिजले पनि आशयपत्र पाएका छन्।
धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ अनुसार आशयपत्र पाएका कम्पनीहरूले ६ महिनाभित्र न्यूनतम पूर्वाधार निर्माण गरेर बोर्डलाई जानकारी दिनुपर्ने छ। बोर्डले स्थलगत निरीक्षण तथा जाँचबुझ गर्ने छ र पूर्वाधार सम्बन्धमा गरेको व्यवस्था पर्याप्त देखिएमा धितोपत्र व्यवसाय सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्नेछ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment