ग्रामीण विकास लघुवित्तको अधिकांश सूचकमा गिरावट, खुद नाफा ७९.१८प्रतिशतले घट्यो

डिसी नेपाल
२१ वैशाख २०८० १०:४६
60
Shares

काठमाडौँ। ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार संस्थाको अधिकांश सूचकमा गिरावट आएको छ।

संस्थाले ५ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यहि अवधिको तुलनामा ७९.१८ प्रतिशतले कम हो।  गत वर्ष यहि अवधिमा संस्थाले २८ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसंगै खुद नाफा पनि घटेको देखिन्छ।  संस्थाको खुद ब्याज आम्दानी २६.४८ प्रतिशतले घटेको छ भने सञ्चालन मुनाफा ७८.७८ प्रतिशतले घटेको छ। गत वर्ष ९१ करोड ५६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाले यस वर्ष गिरावट आएर ६७ करोड ३१ लाख रुपैयाँमा खुम्चिएको छ। यस्तै, सञ्चालन मुनाफा ४१ करोड ८२ लाख रुपैयाँबाट ८ करोड ८७ लाख रुपैयाँमा सीमित बनेको छ।

समिक्षा अवधिमा संस्थाले ५ अर्ब ७० करोड रुपैयाँ सापटी लिई १२ अर्ब ७१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। संस्थाको निष्क्रिय कर्जा ४.२३ प्रतिशतबाट बढेर ७.९४ प्रतिशत पुगेको छ।

यो तेश्रो त्रैमाससम्ममा संस्थाको चुक्तापुँजी ९८ करोड २५ लाख रुपैयाँ रहेको छ।  सतहको रिजर्भको आकार ८.६२ प्रतिशतले बढेर १ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। गत वर्ष रिजर्भमा १ अर्ब २२ करोड रुपैयाँ रहेको थियो।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ८ रुपैयाँ ०१ पैसा रहेको छ। पीई रेसियो ६०.१६ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ ८७ रुपैयाँ रहेको विवरणमा उल्लेख छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *