मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचिकृत, ओपनिंग रेञ्ज कति ?
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ सूचिकृत भएको छ। कम्पनीको ७६ लाख कित्ता आईपीओ नेप्सेमा सूचिकृत भएको हो।
आईपीओ सूचिकृत भएसंगै सेयर कारोबार गर्नको लागि ओपनिंग रेञ्ज पनि निर्धारण गरिएको छ। कम्पनीकाे सेयर कारोबारका लागि न्युनतम ९२ रुपैयाँ ७१ पैसादेखि अधिकतम २ सय ७८ रुपैयाँ १३ पैसासम्मको रेन्ज निर्धारण गरिएको छ। यस अनुसार कम्पनीको पहिलो सेयर कारोबार खुल्नेछ।
यसको सेयर काराेबार गर्नका लागि एमएकेएआर (MAKAR) संकेत प्रदान गरिएको छ। यस कम्पनीको सेयर कारोबार आइतबारबाट खुला हुनेछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment