भुरुङ तातोपानीमा गरिमा विकास बैंकको एटिएम सेवा सुरु
काठमाडौँ। गरिमा विकास बैंकले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका २, भुरुङ तातोपानीमा मुस्ताङ आउने जाने पर्यटकलाई लक्ष्य गरी एटिएम सेवा सुरु गरेको छ।
बिहीबार एक कार्यक्रमबीच बैंकका सञ्चालक दिपेन्द्र श्रेष्ठ र गाउँपालिका अध्यक्ष भरतकुमार पुनले संयुक्त रुपमा एटिएम सेवा उद्घाटन गरेका हुन्। म्याग्दीकै पर्यटकीय स्थल भुरुङ तातोपानी भएर मुस्ताङ आउने जाने पर्यटकलाई गरिमा विकास बैंकको एटिएम काउन्टरले आर्थिक कारोबार गर्न सहज हुने अपेक्षा गरिएको छ।
बैंकले नेपालभर १२१ शाखा कार्यालय, ५० एटिएम साथै डिजि बटुवा, डेविट/क्रेडिट कार्डलगायतका डिजिटल बैंकिङमार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment