नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ऋणपत्र जारी गर्दै, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल
काठमाडौँ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ४० लाख ४० हजार कित्ता ऋणपत्र जारी गर्ने भएको छ।
बैंकले प्रति कित्ता १ हजार रुपैयाँ अंकित मूल्यमा ४ अर्ब ४ करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्न लागेको हो। यो ऋणपत्र १० वर्षे अवधिको हुनेछ। यसमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन्।
उक्त ऋणपत्र जारी गर्नको लागि बैंकले बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ। बिक्री प्रबन्धक नियुक्तसम्बन्धी सम्झौतापत्रमा नेपाल इन्भेष्टमेन्ट मेगा बैकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशीष गौचनले हस्ताक्षर गरेका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment