मोदी इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम मौका, तपाई छुट्नु त भएन ?
काठमाडौँ। मोदी इनर्जीको आईपिओमा आवेदन दिने आज (वैशाख २४ गते, आइतबार) अन्तिम दिन रहेको छ। लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन पाउनेछन्।
कम्पनीले वैशाख १९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ७२ लाख ५० हजार कित्ता आईपिओ जारी गरेको हो। जसमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि २९ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ४ लाख ३५ हजार कित्ता बाँडफाँट गरिसकेको छ।
त्यस्तै, ३ लाख २२ हजार २८० कित्ता सेयर सामूहिक लगानी कोष र १ लाख २८ हजार ९१० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरेको छ भने बाँकी ५९ लाख ९४ हजार ४२० कित्ता सेयर सर्वसाधारणका लागि कम्पनीले उक्त आईपिओ निष्कासन गरेको हो। यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ।
यस आइपीओलाई रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउने ‘आइआरएन डबल बी प्लास रेटिङ’ प्रदान गरेको छ। बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ। सर्वसाधारणले सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।







डिसी नेपाल







Facebook Comment