१९.१२ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौँ। साताको कारोबारको पहिलो दिन मंगलबार सेयर बजार घटेको छ। आइतबार नेप्से परिसूचक १९.१२ अंकले घटेर १८६६.४० विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१४ अंकले घटेर ३५४.७८ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६३ कम्पनीको २० लाख १५ हजार ९५९ कित्ता सेयर खरिद बिक्री हुँदा ६० करोड ८१ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्टको अग्रिम स्थानमा छ। यसको आज ३ करोडभन्दा बढीको कारोबार भएको छ। त्यस्तै क्रमश : मकर जितुमाया सुरी हाइड्रोपावर र शिभम् सिमेन्टको कारोबार भएको छ।
आइतबारको कारोबारमा १३ वटै उपसूचक घटेर राताम्मे भएको छ। आजको कारोबारमा आत्मनिर्भर लघुवित्त र इस्तन हाइड्रोपावरका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, एनएमबि ऋणपत्र र मकर जितुमाया सुरी हाइड्रोपावरका लगानीकर्ताले अत्याधिक गुमाएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment