सिम्रिक एयरका सबै उडानमा प्रतिबन्ध

डिसी नेपाल
२४ वैशाख २०८० १६:२१
916
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै उडानमा प्रतिबन्ध लगाएको छ ।

गत शुक्रबार संखुवासभामा सिम्रिक एयरको नाइन एन– एजेजेट हेलिकप्टर दुर्घटनामा परेको थियो । चालक सुरेन्द्र पौडेलसहित पाँचजना सवार उक्त हेलिकप्टर दुर्घटनाका तीनजना घाइतेमध्ये एकजनाको मृत्यु भएको भने बाँकीको उपचार भइरहेको छ ।

यसपछि प्राधिकरणले सिम्रिक एयरका  हेलिकप्टरहरूको विस्तृत निरीक्षण, वायु योग्यता र सुरक्षा व्यवस्थापन प्रणालीको लेखा परीक्षणका लागि उडानमा प्रतिबन्ध लगाएको जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *