म्यानचेस्टरले तेस्रो स्थानमा उक्लिने मौका गुमायो

डिसी नेपाल
२५ वैशाख २०८० ७:५८
164
Shares

काठमाडौं। म्यानचेस्टर युनाइटेड पराजित हुन पुगेकाे छ। इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई १-० ले हराउँदै बेष्ट हयामले आफनो जीत पक्का गरेको हो।

आइतवार राति भएको खेलको २७ औं मिनेटमा सेड बेनराहमले गरेको गोल नै निर्णायक हुन पुग्याे। त्यसपछि दुवै टोलीवाट एक अर्काको गोल पोष्टमा गोल गर्नका लागि निरन्तर प्रहार भए पनि दुवै टोली असफल हुन पुथ्यो। र, खेल १-० मा नै टुंगियो।

यस हारसँगै म्यानचेस्टरकाे तेस्रो स्थानमा उक्लने प्रयास भने रोकिन पुगेको छ। तर, ३४ खेलबाट ६३ अंक जोडेर म्यानचेस्टर चौथो स्थानमा भने यथावत नै छ भने पराजित वेस्ट ह्याम ३५ खेलबाट ३७ अंक जोडेर १५ औं स्थानमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *