अमेरिकी डलरको भाउ स्थिर, युरो घट्यो
काठमाडौँ। अमेरिकी डलरको मूल्य स्थिर रहेको छ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ५९ पैसा र बिक्रीदर १३१ रुपैयाँ १९ पैसा कायम गरिएको छ।
यता, युरोपियन युरोको मूल्य घटेको छ। युरोपियन युरोको खरिद दर १४३ रुपैयाँ ९० पैसा र बिक्रीदर १४४ रुपैयाँ ५६ पैसा कायम गरिएको छ। आइतबार युरोपियन युरोको खरिद दर १४३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६४ पैसा रहेको थियो।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६५ रुपैयाँ १० पैसा र बिक्रीदर १६५ रुपैयाँ ८६ पैसा, अष्ट्रेलियन डलरको एकको खरिदमा ८८ रुपैयाँ १४ पैसा र बिक्रीमा ८८ रुपैयाँ ५४ पैसा र क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ६४ पैसा र बिक्रीमा ९७ रुपैयाँ ०९ पैसा निर्धारण गरेको छ।
यस्तै, जापानी यन एकको खरिददर ९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९ रुपैयाँ ७३ पैसा र चाइनिज युअन एकको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९८ पैसा कायम गरिएको छ।
यता, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८१ पैसा कायम गरिएको छ। युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७२ पैसा, साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९८ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ४३ पैसा र बिक्रीदर २९ रुपैयाँ ५७ पैसा कायम गरिएको छ।







डिसी नेपाल







Facebook Comment