१६.९३ अंकले घट्यो नेप्से परिसूचक, ८२ करोड ४२ लाखको कारोबार

डिसी नेपाल
२५ वैशाख २०८० १५:२४
100
Shares

काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार घटेको छ। सोमबार नेप्से परिसूचक १६.९३ अंकले घटेर १८३३.६९ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४१ अंकले घटेर ३५२.३७ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २७० कम्पनीको २८ लाख १० हजार ६२७ कित्ता सेयर खरिद बिक्री हुँदा ८२ करोड ४२ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्टको अग्रिम स्थानमा छ। यसको आज ३ करोड ७८ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै क्रमश : हिमालयन दोलखा हाइड्रोपावर र हिमालयन डिस्टिलरीको कारोबार भएको छ।

सोमबारको कारोबारमा १३ वटै उपसूचक घटेर राताम्मे भएको छ। आजको कारोबारमा विन नेपाल लघुवित्त र आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने,  इष्टर्न हाइड्रोपावर र शिव श्री हाइड्रोपावरका लगानीकर्ताले अत्याधिक गुमाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *