एन्फाको आगामी बजेट ६७ करोड बढी

डिसी नेपाल
२६ वैशाख २०८० ९:३६
196
Shares

काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले ६७ करोड ८ लाख १५ हजार २ सय २९ रुपैयाँ बजेट पारित गरेको छ।

सोमबार बसेको आकस्मिक कार्यसमिति बैठकले ६७ करोड बढीको बजेट पारित गरेको हो। सो बजेट पारितसहित एन्फाले थप ११ वटा विभिन्न ११ निर्णयसमेत गरेको जानकारी सार्वजनिक गरेको छ।

एन्फा कम्प्लेक्समा बसेको बैठकले स्थानिय सरकार तथा सरोकारवालासँगको सहकार्यमा न्युनतम ३ वटा महिला एकेडेमी, २ वटा पुरुष र ६ वटा क्लव सञ्चालन गर्ने निर्णय लिएको एन्फाले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *