जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ
डडेलधुरा। अमरगढी नगरपालिका-७ बाट जुवातास खेलिरहेको अवस्थामा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। नगरपालिका-७ जोशीगाउँ बस्ने तिर्थ राज जोशीको कुखुरा पाल्ने खाली टहराभित्र जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय तेज कैनी समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा प्रहरी चौकी पोखरा र जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३९ हजार ३ सय ९५ रूपैयाँ र २ बुक ताससहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment