१०.६६ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार घटेको छ। मंगलबार नेप्से परिसूचक १०.६६ अंकले बढेर १८४४.३६ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.८७ अंकले बढेर ३५४.२५ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६९ कम्पनीको २८ लाख ३६ हजार १३९ कित्ता सेयर खरिद बिक्री हुँदा ७७ करोड ४७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा हिमालयन दोलखा हाइड्रोपावरको अग्रिम स्थानमा छ। यसको आज ६ करोड ९६ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै क्रमश : शिभम् सिमेन्ट र स्वाभिमान लघुवित्तको कारोबार भएको छ।
मंगलबारको कारोबारमा १३ वटै उपसूचक बढेर हरियाली छाएको छ। आजको कारोबारमा पिपुल्स पावर र कलिञ्चोक दर्शनका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, युनिक नेपाल लघुवित्त र सिटिजन म्युचुअल फण्डका लगानीकर्ताले अत्याधिक गुमाएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment