रुपन्देहीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

डिसी नेपाल
२६ वैशाख २०८० २१:१७
1.7k
Shares

बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिकामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । रोहिणी–३ झुमा परासीस्थित सडकमा ना ८ ख २०९७ नम्बरको ट्रकले लु ७५ प ७६७६ नम्बरको मोटरसाइकललाई सोमबार राति ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते भएका मोटरसाइकल चालक ओमसतिया गाउँपालिका ५ तरैनी बस्ने २३ वर्षीय निराजन चौधरीको मेडिकल कलेज भैरहवामा

उपचारको क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको रुपन्देही प्रहरीले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *