प्रि-बजेटका बारेमा आज अर्थमन्त्रीले प्रतिनिधिसभामा जवाफ दिने

डिसी नेपाल
२७ वैशाख २०८० ६:३५
40
Shares

काठमाडौं। आज प्रि-बजेटका बारेमा सांसदहरुले राखेका धारणाका बारेमा अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिँदैछन्।

गत आइतवार बसेको प्रतिनिधिसभा कार्य ब्यवस्था समितिको बैठकले गरेकाे निर्णय अनुसार तीन दिनसम्म सांसदहरुले राखेका प्रि-बजेटका बारेमा आज अर्थमन्त्री महतले जवाफ दिन लागेका हुन्।

गत बैशाख २५ देखी प्रि-बजेटका बारेमा छलफल भए अनुसार सांसदहरुले आा-आफनो धारणा राखिसकेका छन्। अर्थमन्त्री महतले राष्ट्रिय सभामा सा‌सदहरुले उठाएका सवालको जवाफहरु भने हिजै दिइसकेका छन्। उनले जवाफ दिने क्रममा सामाजिक सुरक्षा भत्ता नकाटिने जनाउँदै विश्वस्त हुन आग्रह गरेका छन्।

संबैधानिक ब्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पूर्व सन्ध्यामा राजनीतिक दलहरुले प्रि-बजेटका बारेमा छलफल सुरु गरेका थिए। गत बुधवार बसेको नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठकमा पनि सो बारेमा प्रारम्भिक छलफल भएको थियो।

शुक्रबार र शनिबार पनि बसेको गठबन्धनको बैठकमा सरकारको आगामी बजेट तथा नीति तथा कार्यक्रमका बारेमा शिर्ष नेताका बीचमा प्रारम्भिक चरणका छलफल भइसकेको छ। उनीहरु यतिखेर सरकारका प्राथकिताका बारेमा छलफल गरिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *