म्याड्रिड र म्यानचेस्टर बराबरीमा रोकिए
काठमाडौं। रियल म्याड्रिड र म्यानचेस्टर सिटी बराबरीमा रोकिएका छन्। युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा रियल र सिटी बराबरीमा रोकिएका हुन्।
रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा मंगलबार भएको खेल १-१ को बराबरीमा सकिन पुगेको थियो। पहिलो हाफको ३६ औं मिनेटमा रियलका लागि भिनिसियस जुनियर गोल गरेर खेललाई सुरुवाती अग्रता दिलाएका थिए। र, पहिलो हाफ १-० मा नै टुंगिन पुग्यो।
तर, दोस्रो हाफको ६७ औं मिनेटमा सिटीका लागि केभिन डे ब्रुएना गोल फर्काए पछि खेल १-१ को बराबरीमा रहन पुग्यो। दुवै पक्षले एक अर्काको गोल पोष्टमा निरन्तर प्रहार गरे पनि अन्ततः खेल बराबरीमा नै टुंगिन पुग्यो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment