इङवा हाइड्रोपावरको आईपीओ बाँडफाँट

डिसी नेपाल
२७ वैशाख २०८० १०:४५
172
Shares

काठमाडौँ। इङवा हाइड्रोपावरको आईपीओ बुधबार बाँडफाँट भएको छ। धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको कार्यालयमा बिहान ९ बजे आईपीओ बाँडफाँट भएको हो।

आईपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको वेबसाइट, सिडीएससीको मेरो सेयर र सिडीएसको iporesult.cdsc.com.np मा गएर हेर्न सकिनेछ।

क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल १२ लाख ३ हजार ९९५ जना आवेदकले १ करोड २८ लाख ९५ हजार ४९० कित्ताका लागि आवेदन परेको छ। तीमध्ये ११ लाख ९९ हजार ९६७ आवेदकबाट परेको १ करोड २८ लाख ४३ हजार २३० कित्तामात्रै सदर भएको छ भने ४ हजार २८ आवेदकबाट परेको ५२ हजार २६० कित्ता बदर भएको छ।

सदर भएको आवेदनमध्ये ९ जनाले ११ कित्ता र बाँकी १ लाख २६ हजार ८६३ जनाले १० कित्ताका दरले सेयर हात पारेका हुन्।

यता, कम्पनीले वैशाख १३ गतेदेखि वैशाख १७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ खुला गरेको हो। कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ जारी गरिसकेको छ। कम्पनीले १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ जारी गरेको हो।

त्यस्तै, सामूहिक लगानी कोष ५ प्रतिशत अर्थात् ७४ हजार ६५८ कित्ता र कर्मचारीका लागि २ प्रतिशत अर्थात् २९ हजार ८६३ कित्ता छुट्याइएको छ । बाँकी १२ लाख ६८ हजार ६३९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *