चैतसम्मको मुद्रास्फीति ७.२८ प्रतिशत

डिसी नेपाल
२७ वैशाख २०८० १२:५१
72
Shares

काठमाडौँ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको चैतसम्मको मुद्रास्फीति ७.७६ प्रतिशत रहेको जनाएको छ।

आर्थिक वर्ष २०७९/८० को चैत महिनाको तथ्यांक सार्वजनिक गर्दै बैंकले चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.७६ प्रतिशत रहेको छ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२८ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.९३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४२ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *