व्यापार घाटा १७.१ प्रतिशतले घट्यो
काठमाडौँ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको चैत महिनासम्म व्यापार घाटा १७.१ प्रतिशतले कमी आएको जनाएको छ। बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० को नौ महिनामा कुल वस्तु व्यापार घाटा १७.१ प्रतिशतले कमी आएर १० खर्ब ८३ अर्ब २३ करोड रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २८.५ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.८ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.९ प्रतिशत रहेको थियो।
समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १०१ अर्ब ६७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १६७ अर्ब ५३ करोड रुपैयाँ बराबरको भएको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment