आफ्नै शरीरमा आगो लगाएकी महिलाको मृत्यु
बिराटनगर। घरायासी झगडामा आफ्नै शरीरमा आगो लगाएकी महिलाको मृत्यु भएको छ। आफ्नो शरिरमा मट्टितेल खनाएकी ४० वर्षीया आशा शर्माको उपचारको क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार विराटनगर महानगरपालिका–१० तीनटोलियामा आफ्नै शरीरमा आगो लगाएकी शर्माको उपचारका क्रममा मृत्यु भएको हो। उनका अनुसार बुधबार राति ९ बजेतिर पति राजकुमार कोइरीसँग बिबाद गरेकी शर्माले आफनो शरिरमा मट्टितेल खनाएर आगो लगाएकी थिइन्।
सो आगलागीमा परे पछि उपचारका लागि कोशी अस्पताल, बिराटनगरमा ल्याईएको थियो। तर, हिजो साँझ उनको मृत्यु भएको प्रहरी प्रवक्ता दाहालले जानकारी दिए। सो प्रकरणमा पति राजकुमारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment