मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौँ। काठमाडौँ र दाङमा भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। काठमाडौँको तार्केश्वर नगरपालिका–६ चिसापानिमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
चिसापानी बस्ने नुवाकोटको नौकुण्ठ गाउँपालिका–२ घर भएका ३३ वर्षीय पासांग लोप्चन तामाङको मृत्यु भएको हो। टिप्परको ठक्करबाट गम्भीर घाइते भएका तामाङको ग्रिनसिटि अस्पताल सामाखुशीमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो।
धर्मस्थलीबाट तिनपिप्लेतर्फ जाँदै गरेको रा १ ख २७३४ नम्बरको ट्रिपरले सोही दिशा तर्फ जाँदै गरेको बा ३४ प १००७ नम्बरका मोटरसाइकललाई ठक्कर दिएको थियो। टिप्पर चालकलाई प्रहरी वृत बालाजुले नियन्त्रणमा लिएको छ। शवलाई भने पोष्टमार्टमको लागि त्रि।वि शिक्षण अस्पताल महाराजगंज पठाइएको छ।
यता दाङको घोराही उपमहानगरपालिका १४ स्थित आर्मी ब्यारेक नजिक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। रोल्पाको रुन्टिगढी गाउँपालिका–३ का २१ वर्षीय चन्द्रबहादुर नेपालीको मृत्यु भएको हो।
बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा मृत्यु भएको हो। रा १ ख १२०१ नम्बरको बसले नेपाली सवार रा ३ प ४२ नम्बरका मोटरसाइकललाई ठक्कर दिएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment