सामाजिक सुरक्षा कोषले मजदुरलाई पनि समेट्नु पर्छः शेखर कोइराला

डिसी नेपाल
३० वैशाख २०८० २३:३५
60
Shares
विराटनगर। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सामाजिक सुरक्षा कोषले अनौपचारिक क्षेत्रका मजदुरलाई पनि समेट्नुपर्ने बताएका छन्।
सुनसरीको इटहरीमा आज नेपाल ट्रेड युनियन कांग्रेस कोशी प्रदेशको ७औँ अधिवेशनको उद्घाटन गर्दै नेता कोइरालाले अनौपचारिक क्षेत्रमा धेरै मजदुर आबद्ध भएकाले उहाँहरुको सामाजिक सुरक्षा हुनुपर्नेमा जोड दिए ।
नेता कोइरालाले संविधानमा श्रमिकलाई समेट्न नसकेकामा चिन्ता व्यक्त गर्दै भने, “संविधानमा हामीले आठ क्लष्टरलाई समेटेका छौँ, श्रमिक र युवा छुटेका छन् । यसमा नेपाली कांग्रेस गम्भीर छ, आगामी दिनमा पक्कै समेटिनेछ ।” भुटानी शरणार्थी प्रकरणले सबै नेपालीको शिर निहुरिएको उनको भनाइ थियो ।
युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले ट्रेड युनियनकर्मीको हकअधिकारका लागि पार्टी र सरकारमा लागिपर्ने बताए ।
नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारी, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, ट्रेड युनियनका नेता लक्ष्मणबहादुर बस्नेत, खिलानाथ दाहाललगायतले पनि आ–आफ्नो धारणा राखेका थिए। अधिवेशनले नारायणबाबु कार्कीको नेतृत्वमा सर्वसम्मत नयाँ प्रदेश कार्य समिति चयन गरेको छ ।

No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *