चितुवाको आक्रमणबाट धनकुटामा तीन जना घाइते

डिसी नेपाल
३१ वैशाख २०८० १५:३३
220
Shares

धरान। धनकुटामा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन्। धनकुटाकाे चौविसे गाउँपालिका– ५ बोधेस्थित जङ्गलमा चितुवाको आक्रामणमा परी तीन जना घाइते भएका हुन्।

इलाका प्रहरी कार्यालय राजारानीका अनुसार यसरी घाइते हुनेमा २६ वर्षिय मुकेश याखा, ३० वर्षिय भुवन याखा र ३३ वर्षिय पविन याखा रहेका छन्। मौनाखोला नजिकको जंगलमा उनीहरुमाथि चितुवाले आक्रमण गरेको थियो।

सो आक्रामणमा परेका मुकेश र भुवनको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने अर्का घाइते पविनको भने स्थानिय मेडिकलमा उपचार गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *