क्यान्सर हुनुको ८० प्रतिशत कारण धुम्रपान र मध्यपान भएको चिकित्सकहरुको भनाई
काठमाडौं। नेपालमा क्यान्सर रोगको अवस्था भयावह रहेको चिकित्सकहरुले बताएका छन् । क्यान्सर हुनुको ८० प्रतिशत कारण धुम्रपान र मध्यपान भएको पनि चिकित्सकहरुको भनाई छ ।
आइतबार काठमाडौंमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य कर कोषको सचिवालको सहकार्यमा आयोजित धुम्रपान तथा सुर्तिजन्य पदार्थको उपभोगबाट उत्पन्न रोगको रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी विशेषज्ञ चिकित्सकहरुसँगको अन्तरक्रिया कार्यक्रमा बोल्दै चिकित्सकहरुले धुम्रपान नियन्त्रण गर्नसके क्यान्स हुने सम्भावना ८० प्रतिशत घटेर जाने बताएका हुन् ।
कार्यक्रममा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष एवं क्यान्सर रोग विशेषज्ञ डा. अञ्जनी कुमार झाले क्यान्सरको प्रमुख कारण सुर्ति सेवन र जीवनशैली रहेको बताए । नेपालमा क्यान्सरविरुद्धको भ्याक्सिनको धेरै चर्चा हुने गरे पनि त्यसको परिपूर्ति गर्न अहिले असम्भव रहेको उनको भनाई छ ।
क्यान्सरका क्षेत्रमा काम गर्ने जनशक्तिको मनोबल बढाउन नेपाल सरकारले काम गर्न पर्ने भन्दै उनले थप जनशक्तिको विकास हुन पनि आवश्यक रहेको धारणा राखे।
त्यस्तै वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. अम्बुज कर्णले नेपालमा क्यान्सर रोगको अवस्था भयावह रहेको बताए। उनले क्यान्सरको विरामीलाई सरकारले एक लाखसम्मको उपचारमा सहुलियत दिइरहेको जानकारी दिए।
त्यस्तै, भक्तपुर अस्पतालका कार्यकारी निर्देशक तथा क्यान्सर रोग विशेषज्ञ डा. विष्णुदत्त पौडेलले क्यान्सरको प्रमुख कारण सुर्ति सेवन भएको भन्दै सुर्ति सेवनलाई रोक्न सके, नियमित कशरत र जीवनशैलीमा ध्यान पुर्याउन सके क्यान्सरको खतरा ९० प्रतिशत कम हुने बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment