जेठ १० गतेभित्र आगामी वर्षको कार्यक्रम पेस गर्न कामपाको निर्देशन

डिसी नेपाल
३१ वैशाख २०८० २२:४०
72
Shares

काठमाडौैं। काठमाडौैं महानगरपालिकाले आगामी आर्थिक वर्षका कार्यक्रम तर्जुमा गरेर जेठ १० गतेभित्र पेस गरिसक्न विभागीय प्रमुखलाई निर्देशन दिएको छ ।

कामपाको प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले आज विभागीय प्रमुखहरुको बैठकमा चालु आर्थिक वर्षको सिलिङ नबढ्ने गरी, कार्यान्वयन योग्य कार्यक्रम तर्जुमा गर्न विभिगीय प्रमुखहरुलाई निर्देशन दिएका हुन्।

“महानगर गौरवका योजना के हुन सक्छन् ? सोच र परिकल्पना पत्र निर्माण गर्नुहोस्”, अधिकारीले भने, “हामीले महानगर कस्तो बनाउन चाहेका छौँ । कार्यक्रमबाट देखिनुपर्छ । यी कार्यक्रम नागरिकसँग जोडिने खालका हुनुपर्छ । कार्यान्वयन योग्य हुनुपर्छ ।”

आर्थिक वर्ष २०८०\८१ अधुरा योजना पूरा गर्ने वर्ष हुने र त्यसपछि कुनै पनि अधुरा योजना बाँकी नरहने गरी कार्यक्रम तर्जुमा गर्न पनि बैठकमा उनले जोड दिए।

त्यसैगरी, कामपाका विभागहरु काठमाडौँ प्लाजामा सार्ने विषयले बैठकमा लामो समय लिएको थियो । अहिलेसम्ममा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र सचिवालय, प्रशासन विभाग, सामाजिक विकास विभाग, स्वास्थ्य विभाग, कानुन तथा मानव अधिकार विभाग, विपद् व्यवस्थापन विभाग, वातावरण व्यवस्थापन विभाग, आन्तरिक लेखापरीक्षण एकाइ, खरिद एकाइ प्लाजामा सरिसकेका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय आगामी जेठ ३ गतेभित्र, सहकारी विभाग जेठ ६ गतेभित्र, सहरी व्यवस्थापन विभाग जेठ ८ गतेभित्र प्लाजामा सरिसक्ने योजना कामपाको छ । कार्यालय सार्ने निहुँमा कुनै पनि सेवा रोकिनुहुन्न । सेवामा कोही पनि सेवाग्राहीले दुःख पाउनु हुँदैन । बैठकमा प्रमुख प्रशासकीय अधिकृत अधिकारीले, प्लाजामा सहयोग कक्ष स्थापना गरेर सेवाग्राहीले सूचना दिने र सहयोग उपलब्ध गराउने बताए । सहायता कक्षबाटसम्बन्धी जानकारी र सहयोग प्राप्त हुनेछ ।

प्लाजाको बाहिर सेतो पृष्ठभूमिमा रातो अक्षरले महानगरपालिका लेखेको बोर्ड राखिसकिएको छ । भित्र विभागहरुको सङ्केतका लागि हरियो पृष्ठभूमिमा सेतो अक्षरले नाम लेखिनेछ । हरेक तलामा कुन कुन विभाग नाम लेखिनेछ ।

यही वैशाखदेखि नै कामपाको १४ वटै विभागले काठमाडौँ प्लाजाबाट सेवा दिने भने पनि यस अघि रहेका केही कार्यलयहरु अयन्त्र नसरेकाले समस्या भएको कामपाको भनाइ छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *