एक वाणिज्य बैंकसहित ४ कम्पनीको साढे ४३ लाख बढी सेयर नेप्सेमा सूचिकृत
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक वाणिज्य बैंकसहित ४ कम्पनीको ४३ लाख ५६ हजार ४५१.०३ कित्ता बोनस सेयर सूचिकृत भएको छ। सेयर सूचिकृत हुनेमा कृषि विकास बैंक, साल्ट ट्रेडिङ कर्पोरेसन, स्वाभिमान लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्था रहेका छन्।
कृषि विकास बैंकको २६ लाख ३७ हजार ५८३.१५ कित्ता बोनस सेयर सूचिकृत भएको हो। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट २ प्रतिशत बोनस सेयर वितरण गरेका थिए।
साल्ट ट्रेडिङको १० प्रतिशत हुन आउने २ लाख ५३ हजार ५३१.१९ कित्ता बोनस सेयर सूचिकृत भएको हो। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस सेयर वितरण गरेका थिए।
स्वाभिमान लघुवित्तको २ लाख ४३ हजार ५६४.३० कित्ताको बोनस सेयर सूचिकृत भएको हो। संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनस सेयर वितरण गरेका थिए।
यस्तै, मिर्मिरे लघुवित्तको १२ लाख २१ हजार ७७२.३९ कित्ता बोनस सेयर सूचिकृत भएको हो। संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट २३ प्रतिशत बोनस सेयर वितरण गरेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment